हेटौंडा बचत तथा ऋण सहकारीको अध्यक्षमा राजु वाइबा निर्वाचित

हेटौंडा, हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाइबा निर्वाचित हुनुभएको छ। वाइबाले १,६१७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी रामशरण गौतमले १,१३८ मत प्राप्त गर्नुभयो। निर्वाचन समितिका अनुसार कुल ३३ मत बदर भएका थिए।

ADVERTISEMENT

संस्थाको उपाध्यक्ष पदमा खडानन्द चौलागाईं १,१९० मतका साथ विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दीप प्रसाद अधिकारीले १,०३३ मत र सितराम प्रधानले ३६९ मत प्राप्त गर्नुभयो। त्यसैगरी, कोषाध्यक्ष पदमा मोनिका पौडेल १,६४१ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी भीमसेन गौतमले १,०३५ मत प्राप्त गर्नुभयो।

लेखा संयोजक पदमा विष्णु प्रसाद अर्जेल १,८१९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने अर्का उम्मेदवार कबिन पन्तले ७८८ मत प्राप्त गर्नुभयो। यसअघि नै सचिव पदमा युवराज गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।

संस्थाको सदस्य पदमा अम्बिका कार्की, धुर्बकृष्ण कुवँर, उर्मिला चौलागाईं र सरस्वती थापा निर्विरोध चयन भएका छन्। त्यसैगरी, लेखा समिति सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल तथा ऋण उपसमिति सदस्यमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केशी पनि निर्विरोध निर्वाचित भएका छन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *