लाेकतान्त्रिक चाैर(ह्रप्र) लाई प्रदेशको खुल्ला नमुना चौर बनाउने

हेटाैँडा/बाग्मती प्रदेशकाे राजधानी हेटाैँडा उपमहानगरपालिका ४ नं. वडामा रहेकाे लाेकतान्त्रिक चाैर(हुप्र) लाई सुविधा सम्पन्न र आकर्षक चाैरकाे रूपमा विकास गरिने भएकाे छ । करिव ३ कराेडकाे बजेट व्यवस्थापन गरि चाैरलाई बाग्मती प्रदेश कै खुल्ला नमुना चाैरकाे रूपमा विकास गर्न खाेजिएकाे हेटाैँडाकी नगर प्रमुख मिनाकुमारी लामाले बताउनु भयाे ।

ADVERTISEMENT

उहाँले हेटाैँडा नगरलाई महिला मैत्री सहर निर्माण परियाेजना अन्तरगत चाैरकाे मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेकाे र मास्टर प्लान बनेसंगै निर्माण कार्यकाे लागि बाेलपत्र आव्हान गरिने बताउनु भयाे । महिला मैत्री सहर निर्माण परियाेजना र अन्य श्राेतबाट बजेटकाे व्यवस्थापन समेत गरिने बताउनु भयाे ।


हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले चाैरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिककाे लागि विशेष स्थलकाे व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताउनु भयाे । उहाँले यसअघि सार्वजनिक शाैचालय, हिँड्ने ट्रय्याक, भलिवल काेर्ट निर्माण गरिएकाे र क्रिकेट केज बनाउने कार्य जारी रहेकाे बताउनु भयाे । वडा कार्यालयकाे व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएकाे चाैरमा हालै ४ वटा हाई मार्क्स जडान गरि रातमा पनि चाैर क्षेत्र उज्ज्यालाे बनाउने व्यवस्था गरिएकाे छ ।
चाैरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएकाे वडा अध्यक्ष सिग्देलकाे जानकारी दिनुभयाे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya