बाल दिवसको अवसरमा सिविनको विविध कार्यक्रम


हेटौंडा, बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सिविन नेपाल मकवानपुरद्वारा छात्रवृत्ति सहयोग, खाद्यान्न सामाग्री सहयोग र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएकोछ । मकवानपुरका विभिन्न विद्यालयका ९ जना विद्यार्थीलाई शैक्षिक सहायता र हेटौंडा १ का ४ जना बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।

हेमकर्ण आधारभुत विद्यालय गढी २ का २ जना, हेटौंडा उमनपा अन्तर्गत निर्मल मावि बस्तीपुरमा कक्षा ११ मा १ जना, वनदेवी माविका १ जना, प्रतिभा आधारभूत विद्यालयका १ जना, महेन्द्रकिरण मावि मनहरीका २ जना, मनहरी – ६ प्रगति प्रावि लोथरका १ जना र राष्ट्रिय मा वि. सुनाचुरीमा अध्ययनरत १ जना गरी जम्मा ९ जनालाई स्टेशनरी, ब्याग, विद्यालय पोशाक तथा भर्ना शुल्क सहयोग प्रदान गरिएको सिविन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए । त्यसै गरी हेटौंडा उपमहानगरपालिका वडा नं. १ का ४ जना बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न सहयोग वितरण गरिएको हो । अतिविपन्न, विचैमा पढाइ छोड्न सक्ने सम्भावना भएका, बालश्रम, बालविवाहको जोखिममा पर्नसक्ने सम्भावना भएका बालबालिकाहरुलाई सहयोग गरिएको बालहेल्पलाइनले जनाएको छ । खाद्यान्न सहयोग सामाग्री सिविनका परियोजना अधिकृत दूतकुमार लामाको साथमा वडा नम्बर १ का सदस्य ईश्वरी रसाइलीले वितरण गरेकी थिइन् ।

बाल दिवसकै अवसरमा मनहरीका सबै वडामा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन भएकोमा वडा नं. २, ४, ६ र ८ मा भने वडा कार्यालय र सिविन नेपालको आयोजनामा बालबालिकाहरुबिच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button