नवोदय विद्यालयका ७८ जना विद्यार्थी दीक्षित

हेटौँडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । विहीबार विद्यालले एक कार्यक्रमका बीच पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका ७१ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

ADVERTISEMENT

दीक्षान्त समारोहमा उपस्थित अभिभावकहरूले आफ्ना नानीबाबुलाई प्रमाणपत्र वितरण गरेका थिए । पूर्व प्राथमिक तह संयोजक अलिशा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन र नाटक प्रस्तुति दिइएका थिए । यही चैत २३ गते विद्यालयले पूर्व प्राथमिक तहको नतिजा प्रकाशन गरी विहीबार दिक्षान्त कार्यक्रम आयोजना गरेको पूर्व प्राथमिक तह संयोजक जोशीले जानकारी दिइन् ।

कक्षा नर्सरी देखि यूकेजी सम्म अध्ययन गरेका नियस श्रेष्ठले आफ्नो अनुभव अभिभावकसक्षम प्रस्तुती दिइएकी थिइन् । कार्यक्रमा यूकेजीका विद्यार्थी निङक्षेन थिङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा विद्यालय सहायक प्रधानाध्यापक सचिता पाण्डेलगायत अभिभावक, विद्यार्थी, शिक्षकहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *