हेटौंडा, हेटौंडा–११ स्थित सिमलटारमा निर्माण भएको फुटबल खेल मैदानको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले खेल मैदानको उद्घाटन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिकाको १० लाख र ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपैयाँको लागतमा खेल मैदान निर्माण गरिएको हो । उपमहानगरका १९ वडामा खेलमैदान निर्माणका लागि चालु वर्षमा वजेट विनियोजन गरी काम भैरहेको मेयर लामाले बताइन् ।
उपमेयर बानियाँले खेलकुदको विकासका लागि उपमहानगर लागिपरेको दावी गरे । सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य टीकाराम लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, वडा सदस्य सञ्जय विडारी, बिकास नेपाल , गोपिनी सापकोटा , संजय बिडारीलगायतको आतिथ्यता रहेको थियो ।







