थाहा नगरले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराउने

हेटौंडा, थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटले कृषकलाई सहुलितपूर्ण दरमा कृषि सामग्री दिने नीति पारित गर्दैै बजेटसमेत विनियोजन गरिसकेको छ ।

ADVERTISEMENT

स्वीकृत बजेटबाट किसान समुहलाई खेतवारी जोत्न ट्रयाक्टरदेखि लिएर मलखाद तथा वालीमा लगाउने औषधिलगायतका सामग्रीहरुसमेत अनुदानमा उपलव्ध गराउने निर्णय भएको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । उनका अनुसार मलखाद र औषधिमा भने पालिकाले ७५ प्रतिशत अनुदान दिदै छ । पालिकाले विभिन्न जातका हाते ट्रयाक्टर वितरण गर्ने भन्दै बिहीबार ३० दिनको समय दिएर सूचनासमेत जारी गरिसकेको उनले जानकारी दिए ।

कृषि समूह, कृषि सहकारी र कृषि फार्महरुलाई अनुदानमा दिइने यी सामग्री पाउनका लागि फार्म संचालकको ठेगाना, पान नम्बर, व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्रलगायतका कागजात पेश गर्नुपर्ने सर्त छ ।

आवश्यक काजगातसहित निवेदन दिएपछि नगरपालिकाले अनुगमन र मूल्यांकन समेत गरेर योग्य फार्म, समूह र सहकारीलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषि उपकरण र मलखाद उपलव्ध गराउने नगरपालिकाले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *