८८ किलो गाँजासहित थाहानगरका गुरुङ नियन्त्रणमा

हेटौंडा, मकवानपुर प्रहरीले ८८ किलो अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका ५ फुक्रेटोल बस्ने २५ वर्षका सविनकुमार गुरुङ रहेका छन् ।

ADVERTISEMENT

पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर चेकिङको क्रममा ८८ किलो ३९० ग्राम गाँजा फेला परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेस्थित प्रहरी चेकपोष्ट अगाडी चेकिङको क्रममा गुरुङलाई पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा उनको शरीर तथा कन्टेनर खानतलासी गर्दा ट्रकको डब्बामा लुकाई ल्याएको अवस्थाको गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *