एसईईमा ४ जिपिए ल्याउने बालजागृतिका दुई विद्यार्थी सम्मानित

हेटौँडा, हेटौँडा–२ स्थित बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयले वि.सं. २०८२ सालको एसईई परीक्षामा ४ जिपिए नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। विद्यालयले शुक्रबार आयोजित कार्यक्रममा ४ जिपिए हासिल गर्ने देविना सञ्जेल र रेनिसा सापकोटालाई जनही ३५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरेको हो।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक बिनोद सुवेदीले दुवै विद्यार्थीलाई व्यक्तिगत रूपमा थप १०/१० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे भने विद्यालयका सहायक प्रधानाध्यापक अमूल श्रेष्ठले ‘किताब घर’बाट ६/६ हजार रुपैयाँ बराबरका पुस्तक उपहार प्रदान गर्ने घोषणा गरेका छन्।

विद्यालयका अनुसार वि.सं. २०८० सालमा रितिका छत्कुली र वि.सं. २०८१ सालमा अनुप्रश्था देवकोटाले पनि ४ जिपिएसहित शतप्रतिशत नतिजा हासिल गरेका थिए। यस वर्ष पनि विद्यालयले एसईईमा शतप्रतिशत नतिजा कायम राख्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको जनाएको छ। वि.सं. २०८२ सालको एसईई परीक्षामा सहभागी १ सय २ जना विद्यार्थीमध्ये २ जनाले ४ जिपिए प्राप्त गरेका छन् भने विद्यालयको औसत जिपिए ३.५९ रहेको विद्यालयले जनाएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरूलाई पनि कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

ADVERTISEMENT

एसईईमा शतप्रतिशत नतिजा हासिल गरेको खुसीयालीमा विद्यालयले पञ्चेबाजासहित विद्यालय परिसरबाट र्‍याली निकाली हेटौँडा बजार क्षेत्र परिक्रमा गरेको थियो। उक्त र्‍यालीमा विद्यालयका शिक्षक, कर्मचारी, सञ्चालक, व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *