भलिबल खेलाडी माझी घाइते, सहयोग अपिल

हेटौंडा, १ पुस/मकवानपुरका एक भलिबल खेलाडी अभ्यासको क्रममा घाइते भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडी विवेक माझीको अभ्यासको क्रममा ढाडमा गम्भीर चोट लागेको हो । हेटौंडामा सञ्चालन भैरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा सहभागी हुने उद्देश्यसहित अभ्यास गर्ने क्रममा माझी घाइते भएका हुन् ।

ADVERTISEMENT

उनको उपचारमा आर्थिक अभाव भएको छ । पारिवारिक अवस्था कमजोर रहेका उनको उपचारमा करिब २ लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । उनको हाल हेटौंडास्थित मोडल अस्पतालमा उपचार भैरहेको छ । जिल्लामा हुने विभिन्न प्रतियोगितामा सहभागी हुँदै व्यक्तिगत पुरस्कार समेत जित्दै आएका २२ बर्षीय माझीको उपचारमा सहयोगको लागि अपिल गरिएको छ ।

हटिया स्पोर्टस् एकेडेमीले सामाजिक सञ्जालमार्फत खेलाडी माझीको उपचारमा सहयोग गरिदिन अपिल गरेको हो । ‘हटियामै अभ्यासको क्रममा घाइते भएका विवेक माझीको ढाडमा गम्भीर चोट लागेको छ । उपचारको लागि आर्थिक अभाव भएकोले सामाजिक सञ्जालमार्फत अपिल गरेका हौं’, हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले भने, ‘सकेको सहयोग गरी खेलाडीको उपचारमा मद्दत पुर्‍याइदिनुहुन अनुरोध गर्दछु ।’

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *