विद्यार्थीको सहभागितामा नवोदयमा नमूना संयुक्त राष्ट्रसंघीय महासभा सुरु

हेटौंडा, हेटौंडा –४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजना तथा विद्यार्थीको सक्रियतामा नमूना संयुक्त राष्ट्रसंघीय महासभा (नवोदय मुन–२०८३) पाँचौँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । आज एक समारोहबीच नमूना महासभा (नवोदय मुन) को उद्घाटन भएको छ ।

ADVERTISEMENT

नमूना महासभाका महासचिव वृष्टि जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले वर्तमान समय स्टार्टअप र कृत्रिम बुद्धिमत्ता (एआई) को युग भएकाले विद्यार्थीलाई नवप्रवर्तन र नेतृत्वतर्फ अग्रसर गराउन विद्यालय तथा क्याम्पसबीच सहकार्य गर्दै लगानी गरिएको बताए ।

उनले केवल परीक्षामा उत्कृष्ट अंक वा ४ जीपीए ल्याउनु मात्र पर्याप्त नभई विद्यार्थीमा नेतृत्व क्षमता, सार्वजनिक बोलाइ कला र अन्तर्राष्ट्रिय विषयप्रति समझ पनि आवश्यक रहेको उल्लेख गरे । ‘आजको समाजमा शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षाको पनि उत्तिकै आवश्यकता छ,’ उनले भने । उद्घाटन कार्यक्रममा नमूना महासभा राष्ट्रसंघ मातहतका विभिन्न समितिले महासभामा प्रस्तुत गरिने मुद्दाका बारेमा जानकारी गराए । कार्यक्रममा नमूना महासभा राष्ट्रसंघ मातहतका विभिन्न समितिले महासभामा प्रस्तुत गरिने मुद्दाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक र वित्तिय मामिला परिषद्, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण, नेपालको प्रतिनिधिसभाको बैठकका विषयमा पनि विद्यार्थीले अभ्यास गर्नेछन् ।

ADVERTISEMENT

तीन दिने कार्यक्रमअन्तर्गत दोस्रो दिन साँझ ‘सोसल नाइट’ पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा नृत्य, डिनर तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश गरिने जनाइएको छ । कार्यक्रममा मकवानपुर बाल विद्यासदन, ज्ञानोदय बालबाटिका आवासीय मावि, जेम्स स्कुल, गौरी शिखर, जनप्रिय तथा कमाने एकेडेमी लगायत विभिन्न विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, सर्लाही एमबिसन एकेडेमीका प्रधानाध्यापक सुरेश लामा, इरिस इङ्लिस एकेडेमी चितवनका सहायक प्रधानाध्यापक कृष्णप्रसाद तिवारीलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *