हेटौँडामा गजल वाचन तथा गजल लेखन कार्यशाला सम्पन्न

हेटौँडा, गजल मञ्च मकवानपुरको आयोजनामा २३७औँ गजल यात्राको अवसरमा विशेष गजल वाचन तथा गजल लेखन कार्यशाला शनिबार हेटौँडामा सम्पन्न भएको छ ।

ADVERTISEMENT

गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार डा. निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक गौतम, कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष सल्लाहकार दीपक गौतम, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि वि बर्त्तौला, गजलकार राम कार्की, प्रीज्मा उप्रेतीले गजल वाचन गर्दै ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयका छात्रछात्रालाई शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. निमेष निखिलले कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रविना प्रयासीले राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव कमल नेपालले गर्नुभएको थियो भने मञ्चका उपाध्यक्ष हरि पौड्यालले गजल लेखन कार्यशालामा गजल लेखनको प्रशिक्षण गर्नुभएको थियो। प्रशिक्षण कार्यशालामा सोही विद्यालयका तीन दर्जनभन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *