थाहाको पर्यटन प्रबर्द्धन गर्न खैरहनीमा फोटो प्रदर्शनी सुरु

चितवन,र थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी आजबाट सुरु भएको छ ।

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको अवसरमा बिहिबार देखि थाहा नगर आसपासको फोटो प्रदर्शनीका लागि राखिएको हो ।

थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर उद्योग वाणिज्य संघको ब्यवस्थापन र फरक सोचको समन्वयमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएका छन् ।

बिहिबार करिब ५०० जनाले थाहाको फोटो अवलोकन गरेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले उक्त महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *