हेटौंडा, हेटौंडा ४ मा रहेको श्री सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा असल ऋणी अम्बिका बोगटी, असल बचतकर्ता बसन्तकुमार मिश्र र कल्पना लामालाई सम्मान गरेको संस्थाका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिए । ८१५ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ४९ लाख ७१ हजार ८ सय रुपैयाँ रहेको छ ।
संस्थाको कर्जा लगानी १ करोड २३ लाख ४२ हजार रुपैयाँ, निक्षेप ७४ लाख ३८ हजार ६ सय ६५ रुपैयाँ रहेको छ । कार्यक्रममा सहकारीको संस्थापक अध्यक्ष बासु कार्की, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।







