पालुङ बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत

हेटौंडा, त्रिभुवन विश्वविद्यालयले तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार सनिवार फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिए अनुसार मकवानपुरको थाहा नगरपालिकामा अवस्थित पालुङ बहुमुखी क्याम्पसमा सर्वसम्मत उम्मेद्बारी दर्ता भएको छ।

ADVERTISEMENT

चैत्र ५ गते हुने निर्वाचनको लागि पालुङ क्याम्पसमा विभिन्न ४ विद्यार्थी संगठनको सहमतिय उम्मेद्बारको मनोनयन दर्ता भएको हो। पालुङ क्याम्पसले जारी गरेको बिज्ञप्तिमा बिहान ११ बजेदेखी २ बजे तोकियको समयमा अनेरास्ववियु ,अखिल क्रान्तिकारी ,नेबिसंघ,र राप्रबिसंको सहमतिमा उम्मेद्बारी दर्ता भएको हो।

दर्ता भएको उम्मेद्बारीमा सभापतिमा पुस्कल श्रेष्ठ ,सचिव दिलिप रुम्बा,कोषाध्यक्ष आयाम नापित,र सदस्यहरुमा मेनुका देउला,मोनिका खत्री र पुष्पा कार्की रहेको निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए। तेस्तै समानुपातिक तर्फ अखिल क्रान्तिकारी बाट सविता केसी,नेबिसंघ बाट रोशनी गोपाली र नविना अधिकारी,अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रबिसं बाट पुष्पा पाख्रीन रहेको निर्वाचन अधिकृतको कार्यालय पालुङ क्याम्पसले जानकारी दियको छ।

पालुङ बहुमुुखी क्याम्पसमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ३ जना सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ३ जना सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya