लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन

हेटौंडा, लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् ।

ADVERTISEMENT

आज भएको १० औ वार्षिक साधारणसभाबाट रायमाझीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हाे ।

लियो क्लव अफ पिस थाहाको १० औं वार्षिक साधारणसभाबाट अध्यक्षमा स्मिता विष्ट चयन भएका छन् । आइतबार पालुङमा सम्पन्न साधारणसभाबाट लायन्स क्लवको प्रथम उपाध्यक्षमा दिपेन्द्र कुमार थिङ र दृतीय उपाध्यक्षमा दिपक कार्की निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्ष रायमाझीले सचिवमा नविना विष्ट र कोषाध्यक्षमा अनन्त ढकाललाई मनोनीत गरेका छन् । यसैगरी लियो क्लवतर्फ प्रथम उपाध्यक्षमा विराज थापा र दृतीय उपाध्यक्षमा ओमस प्रधान निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष विष्टले सचिवमा मनिका खत्री र कोषाध्यक्षमा मञ्जरी अधिकारीलाई मनोनीत गरेका छन् ।


दुवै क्लवको साधारणसभाको अध्यक्षता  वर्ष २०२५/०२६ का अध्यक्ष अनित विष्टको सभाध्यक्षता र संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya