विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता

हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा हुन लागेको दोस्रो स्वर्गीय निरज स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगितामा मकवानपुरका १३ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

ADVERTISEMENT

माघ २३ गतेबाट शुरु हुने प्रतियोगितामा मकवानपुरका तीन वटा सामूदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयले सहभागिता जनाएको कार्यक्रम संयोजक संजोग पोखरेलले जानकारी दिए । मकवानपुर क्रिकेट संघले जारी गरेको सूचना अनुसार प्रतियोगिताको लागि टिम दर्ता गर्नुपर्ने अन्तिम मिति माघ १९ गते रहेको थियो ।

प्रतियोगितामा सामूदायिक विद्यालयतर्फ भूटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र मकवानपुरगढीमा रहेको भानु माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ सिद्धार्थ शिशु सदन, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, ज्ञानोदय एकेडेमी, नवोदय शिशु सदन, बालजागृति सेकेण्डरी विद्यालय, जीएस निकेतन, तुल्सी मेहर मेमोरियल विद्यालय, हेटौंडा एकेडेमी, कमाने एकेडेमी र जेनिथ इन्टरनेशल विद्यालय रहेका छन् ।

ADVERTISEMENT

माघ २१ गते पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि खेल तालिका सार्वजनिक गर्ने उनले बताए । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट बलर/बेष्ट ब्याटसम्यानलाई जनही ३ हजाररुपैयाँसहित ट्रफी र प्रमाणपत्र, म्यान अफ द म्याचलाई ट्रफी र एक सेट खाजाको कुपन, टुर्नामेन्टमा सबैभन्दा बढी छक्का हान्नेलाई ३ हजार रुपैयाँ, प्रथम ह्याट्रिक गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार रुपक मानन्धरले र दोस्रो पुरस्कार महारत बज्राचार्यले प्रायोजन गरेका हुन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरि अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने क्यान मकवानपुरका अध्यक्ष करन महत्रा क्षेत्रीले बताए । मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका श्रेष्ठ ब्लड क्यान्सरबाट मृत्यु भएका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya