नमुना सहकारीको २९ औँ स्थापना दिवस मनाइयो

हेटौँडा, हेटौँडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औँ स्थापना दिवस आइतबार हेटौँडामा मनाएको छ । हेटौँडा–१५ मा रहेको दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रयस्थलमा औपचारिक कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

स्थापना दिवसको अवसरमा सहकारीले हेटौँडा–१५ स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा सहकारीका अध्यक्ष मिठाराम दहालसहित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूले आश्रयस्थलका संरक्षक सुनिता भाइजीलाई नगद १० हजार १०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार उद्धव दाहालले सहकारीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए। यस्तै, दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका तर्फबाट संस्थाका सल्लाहकार तथा पूर्व राष्ट्रियसभा सदस्य केदार न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम कृष्णप्रसाद दाहालले सञ्चालन गरेका थिए।

सहकारीका व्यवस्थापक बद्रीप्रसाद भण्डारीका अनुसार संस्थामा हाल २ हजार ७०२ जना शेयर सदस्य आबद्ध छन्। आर्थिक वर्ष २०८३ को असार मसान्तसम्म सहकारीको शेयर पुँजी २ करोड ९४ लाख ३२ हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, सो अवधिसम्म सहकारीको जगेडा कोषमा ३ करोड ५० लाख ३५ हजार रुपैयाँ रहेको छ भने कुल बचत ३६ करोड ३४ लाख ३६ हजार रुपैयाँ पुगेको छ। सहकारीको कुल सम्पत्ति ४७ करोड २१ लाख ९५ हजार रुपैयाँ रहेको सहकारीकाे ऋण प्रमुख लेखनाथ लम्सालले जानकारी दिनुभयो ।

सहकारीले स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक आश्रयस्थललाई सहयोग गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya