मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल खाज पुन विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री जम्कट्टेलले नियुक्त भएको ६७ दिनमा पुनः विश्वासको मत लिने तयारी गरेका हुन् । उनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

गत बुधबार नै संसदबाट विश्वासको मत लिने तयारी गरेपनि उनी त्यसमा सफल हुन सकेनन् । बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा सत्ता समिकरणमा रहेको दल नेपाली कांग्रेस उपस्थित नहुँदा बैठब नै स्थगित गर्नुपर्ने बाध्यता आएको थियो ।

मुखयमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बनधी प्रस्ताव माथि छलफलका लागि आह्वान गरिएको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले सर्त अघि सारेपछि संसद बैठक स्थगन गरिएको थियो । एमालेले सरकारबाट राजीनामा गरेपछि मात्र विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन कांग्रेसले मुख्यमन्त्री समक्ष सर्त राखेको थियो । उक्त सर्त अनुसार एमालेले सरकार नछाड्दा प्रदेशसभा बैठक नै स्थगित गरी पुनः चैत १० गते (आज) दिउँसो १ बजेका लागि संसद आह्वान गरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेले सत्ता साझेदारीको लागि तयारी अवस्थामा रहेको कांग्रेससंगको छलफल पछि १० गतेका लागि प्रदेशसभा बैठक सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । सोही अनुसार प्रदेशसभा सचिवालयले उक्त दिन बैठक आह्वान गरेको हो ।

उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव टेबुल हुने र छलफल अघि बढाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button