साहित्यकार तुल्सी थापा अभिनन्दित

हेटौंडा/साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरिएको छ । कवि, कथाकार, नाटककार एवम् शिक्षासेवी तुल्सी थापालाई शनिबार बुढ्यौली साहित्य समाज मकवानपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा नगद दुई लाख रुपैयाँले अभिनन्दन गरिएको हो ।

ADVERTISEMENT

थापाका ‘एक निमेष अनन्तको (दाना कवितासङ्ग्रह– वि.सं. २०५८),’ ‘अमरसिंहको खोजीमा अमरसिंह (नाटक– वि.सं. २०६१)’, ‘फरक ‘आकाश (कथासङ्ग्रह– वि.सं. २०७२’) प्रकाशित भएका थिए । बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य समाज मकवानपुरले प्रकाशन गरेको व्यक्तित्वका आयामहरुमा तुल्सी थापा र कविराज घिमिरेद्वारा लेखिएको बुढ्यौली खण्डकाव्य साहित्यकार चट्याङमास्टर कृष्णमुरारी गौतम र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले कृति विमोजन गरेका थिए ।

कार्यक्रममा बोल्दै बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले बुढ्यौली साहित्य समाजले अक्षयकोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गरिने बताए । ‘बुढ्यौली साहित्य समाजको पहिलो वार्षिकोत्सवमा साहित्यकार नवराज शर्मा र नवलपरासीको साहित्यकार दुर्गा क्षेत्रीलाई सम्मान तथा पुरस्कार वितरण गरेका थियौँ ।’ रिजालले भने –‘हेटौंडा उपमहानगरपालिकाको सहयोगमा यस वर्ष साहित्यकार तुल्सी थापालाई अभिनन्दन ग¥यौँ र अभिनन्दन कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिनेछौँ ।’ मकवानपुरका अग्रज साहित्यकारहरुले आफूलाई वृद्धावस्थामा पनि व्यस्त राख्दै साहित्य सृजनाका साथै अन्य क्रियाकलापमा पनि सक्रिय रहन बुढ्यौली साहित्य समाज गठन गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *