हेटौँडा, नेपाली कांग्रेस राक्सिराङ गाउँ कार्यसमितिको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिनुका साथै विभिन्न पदमा जिम्मेवारी तोक्ने र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। समितिका सभापति देवबहादुर थिङको सभापतित्वमा बसेको बैठकले पाँचवटा प्रस्तावमाथि छलफल गरी विभिन्न निर्णय गरेको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि बसेको कार्यसमितिको यो पहिलो बैठक हो।
बैठकले सभापतिमा देवबहादुर थिङ, उपसभापतिद्वयमा चन्द्रबहादुर ब्लोन र दिपा सुनार, सचिवमा टीकाराम थिङ, कोषाध्यक्षमा लोकबहादुर प्रजा, प्रवक्तामा ज्ञानबहादुर ब्लोन तथा सहसचिवमा डसबहादुर ब्लोन रहने निर्णय गरेको छ। त्यसैगरी, सदस्यमा ईमानसिंह घलान र ज्ञानबहादुर ब्लोन रहने निर्णय गरिएको छ।
बैठकले कार्यसमितिलाई पूर्णता दिने क्रममा शोभा प्रजा, विकास भोलन, मानबहादुर आर्जेल, ईश्वरीकुमारी अर्याल, सूर्यबहादुर अधिकारी, गोपिलाल प्रजा, प्रकाश थापामगर, रवीन्द्र प्रजा, गंगामाया थिङ, राजकुमार थिङ, पूर्णबहादुर प्रजा, हुकेश प्रजा र सन्तोष घलानलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले कार्यसमिति सदस्य लोकबहादुर प्रजालाई कोषाध्यक्षमा र कार्यसमिति सदस्य ज्ञानबहादुर ब्लोनलाई प्रवक्तामा मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले गाउँ कार्यसमितिलाई पूर्णता दिने, कोषाध्यक्ष तथा प्रवक्ता नियुक्त गर्ने र सदस्य मनोनयन गर्ने प्रस्ताव पारित गर्नुका साथै गाउँपालिकाअन्तर्गतका वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ ।








