हेटौँडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित नवौँ संस्करणको अन्तरपालिका स्तरीय खुला रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा एसआरजी आग्रालाई सोझो सेटमा ३–० ले पराजित गर्दै हेटौँडाले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा २६–२४ को जित निकालेको हेटौँडाले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्दै सहज जित दर्ता गर्यो । उपाधिसँगै हेटौँडाले नगद १ लाख १ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको एसआरजी आग्राले नगद ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नगर उपमेयर भरत गोपाली, थाहा नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा निर्णायकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगितालाई थाहा नगरपालिका र प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशले सहयोग गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नगर उपमेयर भरत गोपाली, थाहा नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा निर्णायकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगितालाई थाहा नगरपालिका र प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशले सहयोग गरेका थिए । कार्तिक २० गतेबाट सञ्चालन भएको प्रतियोगितामा मकवानपुरका ११ टीमको सहभागिता रहेको थियो ।








