अभिभावक दिवसमा जेनिथ विद्यालयका विद्यार्थी पुरस्कृत

हेटौँडा, हेटौँडा–५ मा रहेको जेनिथ इन्टरनेशनल एकेडेमी माध्यमिक विद्यालयको १६ औँ अभिभावक दिवस शनिबार हेटौँडामा भएको छ ।

ADVERTISEMENT

विद्यालयको प्राङ्गणमा भएको अभिभावक दिवसमा गत वर्षको शैक्षिक सत्रमा नर्सरी देखि १० सम्म उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । कक्षागत रूपमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ५ नम्वर वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरूले साङ्गीतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । अभिभावक दिवसमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गरेका थिए भने होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले खानाका स्टल राखेका थिए । विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले विद्यालयको प्रगति विवरण र भावी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म करिव ७ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, अनिल पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *