हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो हेटौँडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाँकेको पैजापुर गाउँपालिका ४ घर भई हेटौडा १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारूलाई मोटर लगाई इनार खन्ने क्रममा करेन्ट लागेको थियो ।
अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी बेहोस् भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।







