मकवानपुरका १ हजार ९३१ उम्मेद्वारले खर्च विवरण बुझाएनन्

हेटौंडा/स्थानीय तह निर्वाचनमा उमेद्वार भएका मकवानपुर जिल्लाका १० स्थानीय तहका १ हजार ९ सय ३१ जना उम्मेद्वारले आफ्नो निर्वाचनको खर्च विवरण नबुझाएको सूचना सार्वजनिक भएको छ ।

ADVERTISEMENT

गत साउन ३१ गते निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उमेद्वारको नामावली वेभसाइटमा प्रकाशन गरेको थियो । प्रकाशित सूचना अनुसार मकवानपुरको थाहा नगरपालिकाका २ सय ४० उम्मेद्वारले निर्वाचन आयोगमा खर्च विवरण पेश नगरेको उल्लेख छ ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाको ८९, कैलाशको १ सय ७३, बकैयाको २ सय ३४, बागमतीको १ सय ६७, भीमफेदीको १ सय ३५, मकवानपुरगढीको १ सय ३४, मनहरीको २ सय २१, राक्सिराङ गाउँपालिकाको १ सय ५१ र हेटौंडा उपमहानगरपालिकाको ३ सय ८७ उमेद्वारले निर्वाचन आयोगमा खर्च विवरण पेश नगरेको सूचनामा उल्लेख छ । कानुन अनुसार स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र आयोगमा खर्च विवरण पेश गर्नुपर्ने भएपनि उमेद्वारहरुले पेश नगरेको निर्वाचन आयोगले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya