बुद्धिचाल प्रतियोगितामा नवोदयको अधिश प्रथम

हेटौंडा, २२ मंसिर/प्याव्सन हेटौंडा नगर कमिटीको आयोजनामा विहीबार भएको बुद्धिचाल (चेस) प्रतियोगितामा नवोदय शिशु सदन विद्यालयका अधिश लम्साल प्रथम भएको छ । हेटौंडाको रिलायन्स माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा हेटौंडाका १२ वटा संस्थागत विद्यालयले सहभागीता जनाएका थिए ।

ADVERTISEMENT

प्रतियोगितामा ज्ञानोदय बालवाटिका आवासीय माविका पृथ्वी घलान र ज्ञानदीप शिक्षा निकेतनका श्रेयश भट्टराई क्रमश द्वितीय र तृतीय हुन सफल भए । रिलायन्स विद्यालयका प्रशासन प्रमुख ऋषभलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्याव्सन नगर कमिटीको वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको बौद्धिक क्षेमता अभिवृद्धि हुने खालका प्रतियोगिता नगरले सञ्चालन गरिरहेको सचिव श्यामकुमार बानियाँले बताए ।

‘नगर कमिटीले चित्रकला प्रतियोगिता, वादविवाद प्रतियोगिता, अङ्ग्रेजी र नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरिसकेको छौँ।’ उनले भने –‘नगरमा रहेका विभिन्न संस्थागत विद्यालयसँग समन्वय गरी कार्यक्रम आयोजना गरेका छौँ।’ प्याव्सन नगर कमिटीले शुक्रबार हेटौंडाको मकवानपुर बाल विद्या सदनमा मेमोरी टेष्ट कार्यक्रम आयोजना गर्न लागेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *