राजकुमार के.सी
हेटौंडा, ‘सहकारीको दिगोपन: स्वनियमन र सुशासन’ भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ । सहकारी दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी ¥याली सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका पाण्डेले लोभ र बढी व्याजदरको प्रलोभनमा नपरि आफ्नै नजिक रहेका सहकारीहरुमा कारोबार गर्न सबै सदस्यहरुलाई आग्रह गरेका छन् । ‘सहकारीले विषेशत गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको स्वनियमन गरी सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिन्छ ।’, प्रजिअ पाण्डेले भने । सहकारी सदस्य केन्द्रीत र समुदायप्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गर्नुपर्नेमा पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले २०४८/०४९ मा सहकारी नियमावली आएपछि सहकारी क्षेत्रमा सकारात्मक विकास भएको र सहकारी मार्फत सदस्यहरुको विभिन्न उत्पादन, प्रवद्र्धन र बजारिकरण क्षेत्रमा ठुलो काम भएको बताए । उनले राज्यको तीन खम्बे अर्थ नीति मध्ये सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कल्पना श्रेष्ठ लगायतले सहकारी दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रभातफेरीमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका चारवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो ।
महिला एकता बचत तथा ऋण सहकारी संस्था लि. भीमफेदी–२ प्रथम, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–११ द्वितीय र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ तृतीय र साना किसान कृषि सहकारी संस्था मनहरी–८ सान्तवना भएको थियो । साथै प्रभातफेरीमा विभिन्न झाँकी सहित सास्कृतिक बाजा प्रदर्शन गरी सहभागी भएकाहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नौमति बाजा बाजा प्रदर्शन गरी सहभागी हुने साना किसान कृषि सहकारी संस्था मनहरी र चन्द्र सुर्य दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ५, खैजडी भजन बाजा प्रदर्शन गरी सहभागी हुने सुपिङ दुग्ध उत्पादक सहकारी संस्था भीमफेदी र तामाङ भेषभुषाका साथ डम्फु बाजा प्रदर्शन गरी सहभागीता जनाउने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ रहेका छन् । सहकारी दिवसको अवसरमा मूल समारोह समितिले रक्तदान कार्यक्रम, मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरिक्षक बामदेव गौतम, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रबन्धक रामेश्वर आर्याल, नेफ्स्कुन हेटौंडा फिल्ड कार्यालयका इन्चार्ज ज्योती महतलगायतको आतिथ्यता रहेको थियो ।







