हेटौंडा, सौन्दर्यकर्मी संगठन नेपाल केन्द्रीय कमिटीको आयोजनामा आइतबार हेटौंडामा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम भएको थियो । स्वरोजगार श्रमिक अन्तर्गत रहेका सौन्दर्यकर्मीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो ।
सामाजिक सुरक्षा कोषले सामाजिक सहायता तथा बिमा योजना, स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्तता, आश्रित परिवार, वृद्ध अवस्थाको लागि योजनाहरु सञ्चालन गरिरहेको छ । सौन्दर्यकर्मी संगठन नेपालका अध्यक्ष गमला राजभण्डारी (अस्मिता) को अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उद्योग, पर्यटन, सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल प्रमुख आतिथ्यता रहेको थियो । सौन्दर्यकर्मीले आयोजना गरेको सामाजिक सुरक्षा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि रहेका पौडेले प्रशंसा व्यक्त गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने कार्यक्रम महिलाहरु आफैँ जागरुक भई कार्यक्रम सञ्चालन गरेकोमा उनले आयोजकको प्रशंसा गर्नुका साथै धन्यवाद व्यक्त गरेका थिए ।
सामाजिक सुरक्षा कोषका प्रशासकिय अधिकृत राधिका निरौला र दिपकराज भट्टले कार्यक्रम सहजिकरण गरेका थिए । कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।







