नकौलीका गर्भवती भेटिन् मेयर लामाले

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा हेटौंडा–१ नकौलीका गर्भवती महिलाहरुलाई भेट्न गाउँ पुगेकी छिन् । तीन बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशील कार्यक्रम’ को कोसेली बोकेर लामा सुत्केरी भेट्न पुगेकी हुन् । गर्भवती अवस्थामा अपनाउनुपर्ने सुरक्षा र खानुपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्यले उनी नकौली गएकी हुन् ।

ADVERTISEMENT

नकौली स्वास्थ्य चौकी पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै उनले ख्याल गर्नुपर्ने बिषयमा जानकारी दिँदै आफ्नो र बच्चाको ख्याल राख्न आग्रह गरिन् । गाउँमा भेट भएका गर्भवतीलाई पोषयुक्त खानेकुरा घिउ, काँचो बदाम, मण्डा, दालसहित न्यानो कपडा हस्तान्तरण गरेकी छिन् । सामग्री हस्तान्तर गर्दै मेयर लामाले आफूले भोगेका अनुभव साट्दै नियमित स्वास्थ्य जाँच गर्न र विशेष ख्याल राख्न अनुरोध गरिन् । बच्चा गर्भमा रहेको अवस्थामा आफूलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न सुझाव दिएकी छिन् । गर्भवती वा सुत्केरी महिलालाई कुनै समस्या परेमा सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो । महिलाहरुलाई उनले आयमुलक काममा जोडिएर दैनिक वा मासिक आम्दानीको स्रोत पहिचान गर्न अनुरोध गर्दै यसका लागि उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण गरिने लामाको भनाई थियो ।

खानेपानीको अभावका कारण महिनामा एकपटक मात्र सेवा दिँदै आएको स्वास्थ्य चौकीबाट नियमित सेवा प्रवाह हुने गरी काम सुरु गरिने उनले बताइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउन पूर्वाधार सम्पन्न स्वास्थ्यचौकी चाँडै सञ्चालन गरिने उनको प्रतिबद्धता थियो । उपमहानगरपालिकाको भूभाग भएर पनि सडक सुविधाबाट समस्यामा रहेका नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्न केन्द्र सरकारले ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन् । गर्भवती महिला भेट्न हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाइली, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागाई लगायत पुगेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya