मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

हेटौंडा, हेटौंडा १ जरुवाटोलमा रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले विहीबार स्लाब ढलानको शिलान्यास गरेका हुन् । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्नुुहुँदै मन्त्री श्रेष्ठले तरकारी बजारलाई लक्षित गरेर नै स्लाब ढलानको लागि बजेट बिनियोजन गरेको बताए । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा सुगम र दुर्गम दुबै क्षेत्र रहेको बताउदै मन्त्री श्रेष्ठले भौगौलिक रुपमा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सिचाई, सडकमा सरकारले आवश्यक बजेट छुट्याउने समेत उनले प्रतिबद्धता व्यक्त गरे । १ नम्बर वडाको स्थायी बासिन्दा र आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले वडाको समग्र विकासमा सबै मन्त्रालयमा योजना र बजेटमा पहल गरिने समेत उनले बताए ।

मन्त्री श्रेष्ठले निर्धारित समयभित्र निर्माण कार्य सक्न पनि उपभोक्ता समितिलाई निर्देशन दिए । उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २०८१ असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी काम थालिएको बताए । २ सय ४४ मिटर लम्बाई रहेको स्लाबको चौडाई ६ मिटर र मोटाई ८ इन्च रहेको अध्यक्ष दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya