सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई झोला वितरण

हेटौंडा हेटौंडा १० मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा शुक्रबार विद्यार्थीलाई झोला वितरण गरेको छ ।

ADVERTISEMENT

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा १ घ्याङ्सीङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरिएको संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठले बताए ।

विद्यार्थीलाई व्यागको आवश्यकता महसुश भएपश्चात विद्यालय समितिको समन्वयमा सहकारीले ५६ जना विद्यार्थीलाई झोला प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष लवाङ सिन्तान, संस्थाका पदाधिकारी र समितिका सदस्य तथा कर्मचारी, शिक्षकशिक्षिकाहरु सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठले विद्यालयका अध्यक्ष सिन्तानलाई व्याग हस्तान्तरण गर्दै विद्यालयमा उपस्थित बालबालिकालाई व्याग प्रदान गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *