अल नेपाल बक्सिङ प्रतियोगिताः ५७ केजीमा मकवानपुर विजयी

हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता जारी रहेको छ । हेटौंडा–४ मा रहेको कबर्डहलमा जारी प्रतियोगितामा बुधबार विभिन्न तौलम समूहका ३४ वटा खेल खेलाइने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

बुधबार भएको ५७ केजी तौल समूहमा मकवानपुरको अभिषेक राना मगर विजयी भएका छन् । उनले सल्यानका केशव राज गिरीलाई पराजित गरेका हुन् । यसैगरी बुधबार भएको ५४ केजी तौल समूह रुपन्देहीका अमृत ठाडाराईले अछामका नरसिंह बुढालाई परपराजित गरे । यस्तै सल्यानका शिशिर घर्ती मगरले थानकोटका संगम तामाङलाई, एक्स बक्सिङका महेन्द्र गुरुङले एबीसीका देवलाल खात्वेलाई, दाङका विवेक देवकोटाले आरडिएक्स बक्सिङका पासाङ तामाङलाई, भक्तपुरका विकल भउडियोले कास्कीका सरोज राना मगलाई, नक्सालका पुकार जोशीले कैलालीका सुनिल रानालाई, युथका सुशन बस्नेतले रेजका सम्मन जंग बस्नेतलाई र अल्फाका जीवन महराले रुकुमका महेश बुढा मगरलाई हराउन सफल भए ।

यस्तै ५७ केजी तौल समूहतर्फ बाँकेका मोहम्मद फरद खानले कञ्चनपुरका जीवन चन्दलाई हराए । चन्दले खेल्न नसक्ने भएपछि रेफ्रीले खानलाई विजयी गराएका हुन् । यस्तै डिजी बक्सिङका आयुश श्रेष्ठले एचटुओका सन्देश सुब्बालाई पराजित गरे । रेजका निर्मल रिजालले अछामका केशवप्रसाद बजगाईलाई, थानकोटका सुजन भुजेलले ललितपुरका समिर शाक्यलाई, बीएकएमएनडीका आयुस थापाले नक्सालका आयुस अधिकारी, कैलाका प्रिन्स काजी स्वारले पाल्पाका विपिन बुढाथोकीलाई पराजित गरे ।

ADVERTISEMENT

यसैगरी ५७ केजी तौल समूह मा भएको प्रतियोगितामा दमकका योइल राइले रोल्पाका लेखनाथ डाङगीलाई पराजित गरेका हुन्। यसैगरी ६० केजी तौल समूहमा, भाइबीका निरन्जन मुक्तानले युथका इसम तामाङलाई, बीएकएमएनडीका अभिस प्रधानले रोप्लाका अर्जुन पुन मगरलाई पराजित गरे । मकवानपुर जिल्ला बक्सिङ र बागमती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा नोभिस बक्सिङ सुरु भएको हो । आइतबार विभिन्न तौल समूहका २५ वटा खेल सम्पन्न भएको छ । चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी छन् । उनीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *