हेटौंडा/श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भोलाप्रसाद शर्मा खरेल चयन भएका छन् । शनिबार भएको संस्थाको २३ औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति गठन भएको हो ।
संस्थाको उपाध्यक्षमा निर्जा उप्रेती, सचिवमा भोगेन्द्र लुईटेल, कोषाध्यक्षमा बुद्धीनाथ खतिवडा चयन भएका छन् । यसैगरी सदस्यमा त्रैलोक्ये मोहन ठिके, उत्तम घिमिरे, जयराम अधिकारी, हरिकृष्ण के.सी., लक्ष्मी गौतम, केदार पुडासैनी र शम्भुप्रसाद बास्कोटा चयन भएका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजकमा पुनः हरिप्रसाद रिजाल चयन भएका छन् । लेखा समितिको सदस्यमा बन्दना सुवेदी र राजकुमार जोशी चयन भएका छन् ।






