हेटौंडा/थाहा नगरपालिका वडा न ३ ले आफ्नो वडा भित्र रहेको सामुदायिक विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्टले छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।
वडा न ३ को सेती गणेश आधारभूत विद्यालयका ६ जना, जनता प्राविका ६ जना, जनकल्याण माविका ११ जना र पालुङ्ग बहुमुखी क्याम्पसमा अध्यनरत २ जना विद्यार्थीलाइ शैक्षिक सामाग्री सहित छात्रवृत्ति प्रदान गरेको हो ।
वडा न ३ का अध्यक्ष हिरेंन्द्रकुमार रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरपालिका मेयर बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगर शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, वडा न ४ का अध्यक्ष नारायण लामालगायतको आतिथ्यता रहेको थियो ।