असोज २९ गतेबाट गढीमा रनिङ शिल्ड फुटसल

हेटौंडा, छैटौँ सस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ शिल्ड फुटसल प्रतियोगिता यही असोज २९ गते सोमबारदेखि सुरु हुने भएको छ । आयोजक गढी स्टार स्पोर्टस् क्लबले मंगलबार सुचना जारी गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

ADVERTISEMENT

गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजु दुलालले फुटसल खेल र खेलाडीको क्षमता विकास तथा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिताको तयारी धमाधम भइरहेको पनि उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार, उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताको संयोजक तथा क्लबका सचिव विदुर हुँमागाईले जानकारी दिए ।

प्रतियोगिता मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् भने खेल लिग कम अकआउट विधिबाट खेलाइनेछ । बिजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya