वातावरण दिवसमा सुनगाभाको सरसफाई कार्यक्रम

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–६ मा रहेको सुनगाभा शिक्षा निकेतन अङ्ग्रेजी माध्यमिक विद्यालयले आज विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।

ADVERTISEMENT

विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूले मकवानपुरगढी क्षेत्रको विभिन्न स्थानहरूमा सरसफाई गरेका हुन्।

विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले सरसफाई कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनका अनुसार यस्ता क्रियाकलापले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षकहरूको सहभागिता रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *