बानेश्वर र एबीसी उपाधीको लागि भिड्ने

हेटौंडा/ हेटौंडामा सञ्चालन भैरहेको आठौं राष्ट्रिय भेट्रान्स एट ए साइट फुटलब प्रतियोगिताको उपाधिका लागि डेफेण्डिङ च्याम्पियन पोखराको एबीसी भेट्रान्स र काठमाडौंको बानेश्वर भेट्रान्स भिड्ने भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा
रंगशालामा जारी सेमिफाइनलमा बानेश्वरले सिमरा भेट्रान्स बारालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

ADVERTISEMENT

बानेश्वरका लागि नारायण कार्कीले २ तथा उमेश लामा र युवराज भुजेलले समान एक÷एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच बानेश्वरका नारायण कार्की घोषित भए । यस्तै डिफेण्डिङ च्याम्पियन एबीसी भेट्रान्सले टाइब्रेकरमा मनाङ मस्र्याङदी भेट्रान्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एबीसीको तर्फबाट विकर्ण श्रेष्ठ र विश्वलाल श्रेष्ठ र नरेन्द्र जंग गुरुङ मुखियाले गोल गर्दा मनाङको तर्फबाट नरेश श्रेष्ठ र शिषिरविक्रम हमालको प्रहार मात्र गोल भयो । मनाङ मस्र्याङ्दीका चक्रबहादुर तामाङको प्रहार रोकेका एबीसीका गोलरक्षक खिमबहादुर गुरुङ म्यान अफ द म्याच भए । प्रतियोगिताको फाइनल खेल आज शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको उपाधि एबीसी भेट्रान्सले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya