मकवानपुरको सबै क्रसर उद्योग बन्द

हेटौँडा/ मकवानपुरमा मापदण्ड विपरीत सञ्चालित सम्पूर्ण क्रसर उद्योग बन्द हुने भएको छ । बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए लगत्तै बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सरोकारवालाको बैठकले सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

गृह मन्त्रालयले दर्ता नगरी तथा नवीकरण नभएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन् र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न गृहले निर्देशन दिएको थियो। गृहको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाको बैठकले मापदण्डविपरीतका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरमा करिब ७५ वटा क्रसर उद्योगहरु रहेको र सबै उद्योग सरकारी मापदण्ड बिपरितको रहेको कारण प्रहरी परिचालन गरि बन्द गर्ने काम सुरु गरिएको उनले बताए । उनले अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याईने र विद्युत कटौती गर्ने समेत जानकारी दिए । मकवानपुरमा रहेका क्रसर उद्योगहरुले दर्ता भएर राज्यलाई कर तिरिरहेको भए पनि उनीहरुले मापदण्ड भने पालना नगरेको कारण क्रसर बन्द गर्नुपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *