उपमहानगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालन

हेटौंडा, हेटौंडाका स्थानिय वासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ ।

ADVERTISEMENT

उपमहानगरपालिकाको लगानीमा हेटौंडा–५ र १८ मा उद्योग सञ्चालनमा आएको हो । दुवै वडामा सञ्चालन सुरु भएका उद्योगको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकमारी लामाले उद्घाटन गरीन् । हेटौंडा–५ को हेटौंडा गार्मेन्ट समुह र १८ को हर्नामाडि स्वरोजगार महिला गार्मेन्ट उद्योगले व्यवस्थापन गर्ने छ ।

उद्योगको उद्घाटन गर्दै नगरप्रमुख लामाले दैनिक गुजाराका लागि नियमित आय आर्जन गर्न पहिलो चरणमा उपमहानगरले लगानी गरेको बताइन् । गाउँ घरमै रहेर नियमित आय सँगै सिपको निखारताको लागि यो सुनौंलो अवसर भएको उनको भनाई थियो । उनले रोजगारीको अवसर प्राप्त भएको छ यसलाई सदुपयोग गर्दै भोलिको भबिष्य सुन्दर बनाउँन शुभकामना दिइन् ।
गार्मेन्टमा पहिलो चरणको बेसिक सिलाइ कटाई तालिम लिएकाहरुलाई थप तालिम दिर्दै रोजगारीको अवसर उपमहानगरले दिएको हो । अहिले उपमहानगरले बिउँ पुँजी लगानी गरेर सुरुवात गरेको उद्योगलाई कार्यबिधी बनाएर पछिल्लो समय निजि क्षेत्रमा हस्तातरण गरीने उपमहानगरका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

उनका अनुसार अहिले पहिलो चरणमा बेसिक सिलाई कटाइको तालिम पछि गार्मेन्टमा आएका दुई वडामा ३१ जनाले रोजगारीको अवसर प्राप्त गर्ने बताए । हेटौंडा ५ का १० र १८ का २१ जना उपमहानगरले बिउँपुजी दिएर सञ्चालन गरेको उद्योगमा रहने छन् । दुई वडामा सञ्चालनमा आएको गार्मेन्टका लागि उपमहानगरपालिकाले करिब २० लाख रुपियाँ लगानी गरेको छ । गार्मेन्टमा अहिले भएको संख्याबाट हरेक बर्ष १० जनाको दरले रोजगारीका लाग्नेहरु थप गर्नुपर्ने बताइएको छ ।
उपमहानगरले सञ्चालनमा ल्याएको हेटौंडा–५ गार्मेन्ट मेनका श्रेष्ठ र १८ मनु भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ५ का अध्यक्ष सुशिल घिमिरे, १८ का अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya