आज सरस्वती पूजा

हेटौंडाः विद्याकी देवी सरस्वतीको पूजा आरधना गर्दै आज बुधबार श्रीपंचमी पर्व मनाइदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । बसन्त पंचमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा छ ।

ADVERTISEMENT

यसैगरी, सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । साथै आजको दिन बालबालिकाको नाक कान छेड्नका लागि पनि उत्तम दिनको रुपमा लिइन्छ । मकवानपुरमा रहेका विभिन्न क्याम्पस, विद्यालय तथा शिक्षालयहरुमा सरस्वती पूजा गर्ने गरिएको छ ।

विद्यालयहरुले विशेष पूजाको साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरेका छन् । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउछ भन्ने धार्मिक विश्वास पनि रही आएको छ । ऋतुहरुका राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आज प्रेम गर्नेहरुका लागि विशेष दिन प्रणय दिवस पनि रहेको छ । यस्तै, आज राष्ट्रिय पुस्तक दिवस पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *