मक्रान्चुली सहकारीको अध्यक्षमा कृष्णप्रसाद धिताल

हेटौंडा/हेटौडा–६ मा रहेको मक्रान्चुली सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद धिताल चयन भएका छन् । आइतबार भएको सहकारीको १६ औं वार्षिक साधारणसभाबाट धितालको अध्यक्षतामा अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा खडानन्द न्यौपाने, सदस्यहरुमा राजु गुरुङ, भवानी शंकर दाहाल, गोपाल गौतम, मुकुन्द न्यौपाने, अर्जुन प्रसाद सापकोटा ,शिव दयाल यादव र राम प्रसाद चौरेल चयन भएका छन । यसैगरि लेखा समितिको संयोजकमा कृष्ण प्रसाद पोखरेल सदस्यहरुमा केशव धिताल र विजयकुमार हुमागाई चयन भएका छन । साधारणसभामा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक कृष्ण प्रसाद धितालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाई, बागमती प्रदेश दूग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, सामुदायिक वन उपाभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाई, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका सदस्य रामजी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

नयाँ सञ्चालक समितिको निर्वाचन गर्न अर्जुनप्रसाद चौलागाईको संयोजकत्मा चेतनाथ खतिवडा र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । संस्थामा ४ सय ३१ जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक केदार प्रसाद सञ्जेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *