हेटौँडामा बस र ट्रक ठक्कर, ३१ जना घाइते

हेटौँडा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुर सडकखण्डमा सोमबार दिउँसो बस र ट्रक जुध्दा ३१ जना यात्रु घाइते भएका छन् ।

ADVERTISEMENT

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टायर पड्किएर बस अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि ट्रक पुनः अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ गइरहेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बस र ट्रकमा सवार ३१ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *