ग्याँस दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम

हेटौंडा,ग्याँस व्यवसायी संघ मकवानपुरले उपभोक्ताको स्वास्थ्यलाई लक्षित गर्दै ग्याँसबाट हुनसक्ने सम्भावित दुर्घटना सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर ग्याँस व्यवसायी संघ मकवानपुरले हेटौंडा–१० बसपार्क, हेटौंडा ९ वडा कार्यालय र हेटौंडा २ संगमचोकमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

ADVERTISEMENT

‘सानो कमी कमजोरीबाट ठूलो धनजनको क्षति हुन्छ । उपभोक्तालाई सचेतना र दुर्घटनाको न्यूनीकरणको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ ।’ मकवानपुर ग्याँस व्यवसायी संघ मकवानपुरका अध्यक्ष दीलिस गोविन्द जोशीले भने –‘यो चोटी हेटौंडाको ३ वटा ठाउँमा मात्र सचेतना कार्यक्रम सञ्चालन गरेका छाँै । आगामी वर्ष हेटौंडा उपमहानगरपालिकाको १९ वडामा कार्यक्रम सञ्चालन गर्ने छाँै ।

‘ग्याँस दुर्घटना सम्बन्धी उपभोक्तालाई सचेतना जगाउने कार्यक्रम स्थानीय सरकारले गर्नुपर्नेमा मकवानपुर ग्याँस व्यवसायी संघले आयोजना गरेको छ । आगामी वर्ष स्थानीय तहले सञ्चालन गरोस् भन्न चाहन्छु।’ उनले भने । सचेतना कार्यक्रममा घरमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने, घरमा आगो लागीहालेमा फायर डिडक्टरले कसरी नियन्त्रण गर्छ भन्ने डेमो प्रस्तुत गरिएको थियो । ग्याँस विक्रेता महासंघका पूर्व अध्यक्ष महेश्वर श्रेष्ठ, नेपाल स्काउट विपद व्यवस्थापन टिम मकवानपुरका अशोक सारु मगर, अनिल आचार्यले सहजीकरण गरेका थिए । हेटौंडा २ मा भएको सचेतना कार्यक्रममा हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।

मकवानपुर ग्याँस व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । मकवानपुरमा दैनिक १ हजार ५ सय ग्याँस खपत हुने गरेको संघले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *