नोभिस बक्सिङमा मकवानपुरका सोहन सेमिफाइनलमा

हेटौंडा, हेटौंडाको कबर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा मकवानपुरका सोहन राई सेमिफाइनलमा प्रवेश गरेका छन् । ६३ दशमलव ५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सोहनले विहीबार अछामका तपेन्द्र विकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

ADVERTISEMENT

६३ दशमलव ५ केजी तौल समूहमा नक्सालका प्रज्वल श्रेष्ठले पाल्पाका संघर्ष शेखर बज्राचार्यलाई, बीएकएमएनडीका निमा शेर्पाले थानकोटका प्रवेश घलेलाई, ललितपुरका विकल्प राईले एबीसीका दर्शन राईलाई क्वाटरफाइनलमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् । यस्तै ६० केजी तौल समूहको पनि सेमिफाइनल संस्करण पूरा भएको छ । ६० केजी तौल समूहमा भाइबीका निराजन मुक्तानले बीएकसएमएनडीका अभिस प्रधानलाई, कैलाका श्रीजन विकले उदयपुरका रोशन राईलाई, एबीसीका एक्सील शाहीले कास्कीका हुमबहादुर अधिकारीलाई र डिजिबक्सका सौरभ राईले बाँकेका सराफराज शाहलाई पराजित गरेका छन् ।

५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका मकवानपुरका अभिशेक राना मगर क्वाटरफाइनल चरणबाट बाहिरिएका छन् । दमकका योइल राईले उनलाई पराजित गरेका हुन् । ५७ केजी तौल समूहमा बीएकसएमएनडीका आयुष थापाले कैलाका प्रिन्सकाजी स्वारलाई, रेजका निर्मल रिजालले थानकोटका सुजन भुजेललाई, डिजीबक्सका आयुष श्रेष्ठले केएनसीएजपीका जीवन चन्दलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । ५४ केजी तौल समूहमा रुपन्देहीका अमृत थडराईले सल्यानका शिशिर घर्ती मगर, दाङका विवेक देवकोटाले इएक्सबक्सका महेन्द्र गुरुङलाई, नक्सालका पुकार जोशीले बीकेटीका विकल बिध्व र अल्फाका जीवन महराले युथका सुसान बस्नेतलाई पराजित गरे । विहीबारै भएको ४८ केजी महिला तौल स्पर्धामा अछामका निर्मला अ‍ैधी, बीएक्सएमएनडीका पुर्णिमा तामाङ र दमकका प्रतिक्षा राई सेमिफाइनलमा प्रवेश गरेक छन् । अछामका निर्मलाले ललितपुरका श्रृष्टी घर्तीलाई, बीएक्सएमएनडीका पुर्णिमाले नक्सालका मन्दिरा पौडेललाई र दमकका प्रतिक्षाले प्यूठानका आरती विकलाई पराजित गरेका हुन् ।

चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी छन् । उनीहरुले १६ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगिताको विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *