हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा सहिद दिवसका दिन जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । शिक्षक दौड प्रतियोगीतामा भानु मावि मकवानपुरगढीका मुकेश चौलागाइ प्रथम भएका छन् । त्यसैगरी श्री तासिर इङ्लिस सेकेण्डरी बोर्डिङका सन्दिप बस्नेत द्वितीय र प्राथमिक मावि भिमफेदीका विश्व लामा तृतीय भएका छन् ।
चौथो हुनेमा बाघभैरब मावि बकैयाका बलराम राई र श्री भिम बोर्डिङ इङ्लिस स्कुल गढीका आशिष घलान रहेका छन् ।
यसैगरी महिला शिक्षक स्लो स्कुटी रेसमा भृकुटी माविको सिर्जना थिङ प्रथम भएकी, तासिर इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको एन्जिला रिजाल द्वितीय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका देवमाया पाठक तृतीय हुन सफल भएका छन् ।
३ किलोमिटर दौड प्रतियोगीतामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार चौथो हुनेले १ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तैगरी स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार र प्रमाणपत्र प्राप्त गरे। हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठकोप्रमुख आतिथ्यता रहेको थियो ।







