राष्ट्रिय महिला भलिबल उपाधीको लागि एपिएफ र न्यू डाइमण्ड भिड्ने

हेटौंडा, फाइनलमा हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव भिड्ने भएका छन् । सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् ।

ADVERTISEMENT

एपिएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनलमा प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लवलाई हराएको हो । न्यू डाइमण्डले आर्मीलाई १६–२५, २५–१९, २५–१६ र २५–२३ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच न्यू डाइमण्डकी जेनिसा विक घोषित भइन् ।

यस्तै फाइनल प्रवेश गर्ने क्रममा एपिएफले प्रहरीलाई २३–२५, २५–१९, २५–२१ र २५–१६ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी निरुता ठगुन्ना घोषित भइन् । फाइनल खेल सोमबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले नगद ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya