हेटौंडा, बागमती प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सातौं बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक बस्न लागेको सचिवालयकासचिव खड्काले बताए । प्रदेशसभा बैडक बस्नु अघि सोही दिनको बिहान ११ बजे सर्वदलीय बैठकको आयोजना गरिएको उनले बताए । सचिव खड्काका अनुसार उक्त बैठकले संसदमा प्रस्तुत हुने कार्यसूची तयारी गरिने छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।







