हेटौंडा, मकवानपुरे साहित्यकारहरूको अग्रणी संस्था साहित्य संगम मकवानपुरको ३४३ औँ नियमित साहित्य सन्ध्या शनिबार हेटौंडामा भएको छ ।

नियमित साहित्य सन्ध्याको विशेष कार्यक्रममा पत्रकार रामकुमार एलनले कविता वाचन गरेका थिए । उनले ५ वटा कविता वाचन गरेका थिए । एलनले वाचन गरेको कवितामा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तथा पूर्व अध्यक्ष सुवास खनालले समिक्षात्मक टिप्पणी गरेका थिए ।
नियमित साहित्य सन्ध्यामा कविता, गजल र मुक्तक गरी एक दर्जन सर्जक तथा साहित्यकारहरूले रचना वाचन गरेका थिए । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्यकार शान्तिप्रिय बन्दन, पुरुषोत्तम आचार्य, राजुराम राउत, मुक्तिगोविन्द वैद्य, मुना अर्याल, विश्वनाथ सञ्जेललगायतको आतिथ्यता रहेको थियो ।






