दीपकबहादुर सिंह राज्यमन्त्रीमा नियुक्त

हेटौंडा/ मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित दीपक बहादुर सिंह संघीय सरकारको ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन् । उनको नाम मन्त्रीको वरियताको अन्तिम सूचिमा रहेका छन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्री तथा राज्यमन्त्रीको वरीयता सूचीमा उनको नाम २३ औँ नम्बरमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सबैभन्दा अन्तिम वरीयतासहित राज्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा शपथ ग्रहण गरिसकेका छन् । उनलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका थिए । गत निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’लाई पराजित गरेका थिए । सिंहले २७ हजार ८५१ मत पाउँदा कांग्रेसकी डिनाले २५ हजार ४६४ मत र थापाले २५ हजार ४६० मत पाएका थिए ।

चुनाव जितेलगत्तै उनले आफू सरकारमा सहभागी नहुने र मन्त्री नबन्ने अभिव्यक्ति दिँदै आएका थिए । उनले चुनाव जितेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आयोजना गरेको शपथ ग्रहण तथा बधाई कार्यक्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै राप्रपाबाट आफू मन्त्री नबन्ने दाबी गरेका थिए । उनले जनताको साथमा रहेर काम गर्न चाहेकाले सांसदबाट नै आम जनताको समस्यालाई सरकार समक्ष राख्ने बताएका थिए ।

आफू मन्त्री बनेर झन्डासहितको गाडीमा घुम्न सांसद नभएको भन्दै उनले सरकारको कुनै पनि पदमा नरहेर जनताको सेवामा लाग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button