अन्तराष्ट्रिय स्क्र्याबल प्रतियोगितामा हेटौंडाका प्रसिद्ध छनौट

हेटौंडा, नवलपुरको गैडाकोटमा भएको आठौ राष्ट्रिय स्क्र्यावल प्रतियोगितामा हेटौंडाका प्रसिद्ध तिमल्सिना छनौट भएका छन् । २७ जिल्लाका ९७ जना प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा मकवानपुर जिल्लाबाट प्रसिद्ध मात्रै छनौट भएका हुन् । प्रसिद्ध बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा अध्ययनरत छात्र हुन् ।

ADVERTISEMENT

मकवानपुर जिल्लाबाट छनौट भएका प्रसिद्धले सन् २०२३ बङ्गलादेशमा हुने अन्तराष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागीता जनाउने छन् । स्क्र्याबल भन्नाले शब्द संयोजन गरेर खेलिने खेल हो । जिल्लास्तरीय प्रतियोेगिताका लागि बालजागृतिबाट युनिक ढुंगेल, प्रसिद्ध तिमल्सिना, आरुश राजथला र रोमिशा तामाङ, नवोदय शिशु सदनबाट प्रितिका कार्की र बंशगोपाल माध्यमिक विद्यालयबाट निशान्त दाहाल छनोट भएका थिए । स्क्र्यावल क्लव पोखराको आयोजनामा आठौ राष्ट्रिय स्क्र्यावल प्रतियोगिता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *