हेटौँडा , नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट ९पार्टी सुदृढीकरण तथा विस्तार अभियान (२०७९)अभियानले पार्टी संगठनलाई जस्तोसुकै प्रतिस्पर्धालाई सामना गर्नसक्ने बलियो बनाउन भएको केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले बताएका छन् ।
उनले कम्युनिष्ट पार्टीको सदस्यता संख्यात्मक बृद्वि तथा गुणस्तर कायम गर्नुपर्ने र जनताको समस्यामा एकाकार भएर कमिटी र नेतृत्व परिचालन हुनुपर्ने बताए । जनमतको सृजना र संरक्षण व्यवस्थित पार्टी संगठनबाट हुनसक्ने भएकोले व्यवस्थित संगठन निर्माणमा जोड दिनुपर्ने उनको भनाई थियो ।
अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माण गर्न वडाको टोल टोलमा जनता र कार्यकर्ताको बीचमा जाने नेकपा एमाले हेटौँडा १० नंम्बर वडा कमिटीको बैठकले निर्णय गरेको छ ।
बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव सविन लामाले बताए ।
पार्टी वडा अध्यक्ष राजकुमार विकको अध्यक्षता भएको कार्यक्रममा एमाले नेताहरु गोपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू मदन कुमार दाहाल, ईन्द्रप्रसाद नेपाल, सुनिल मुक्तान, फूर्वा दोर्जे लामा, सुमित्रा काफ्ले, जिल्ला सदस्यहरू उमा सुनार, दुर्गा नेपाल, सानु लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिव जनरल श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूको उपस्थिति रहेको थियो ।






